१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

धान विज्ञ बस्‍नेतको निधन



काठमाडौँ- धान विज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । कोरोना संक्रमणबाट उनको ७१ वर्षका उमेरमा निधन भएको हो ।

उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का किट वैज्ञानिक सुदिपकुमार उपाध्यायले जानकारी दिए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा उनले सेवा पुर्‍याएका थिए । सेवा निवृत्त भएपछि बस्‍नेत अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (ईरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको मुख्य भूमिका थियो । बस्‍नेतले नार्कबाट विकासित भएका प्रविधिकहरुलाई किसानसम्म पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएको नार्कले जनाएको छ ।

उनी सेवा निवृत्त भएपनि नथाकेको भन्दै कृषिमा क्षेत्रमा सक्रिय रहेको उपाध्यायले बताए । बस्नेतका दुई छोरी र एक श्रीमती छन् ।


प्रतिक्रिया दिनुहोस !