२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

वामदेव गौतमले भोगेजस्तो अपमानको अन्त्य गर्न संघर्ष : नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अपमान सहेर र घर न घाटको अवस्थामा बस्न नपरोस् भनेर संघर्ष गर्नुपरेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अपमान सहनुपर्ने अवस्थाको अन्त्यका लागि पार्टीमा संघर्ष गरिरहेको जिकिर गर्नुभयो ।

उहाँले अन्तिम समयसम्म सहजताको बाटो खोज्ने पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले वामदेव गौतमले भोग्नुभएको जस्तो अपमानको अन्त्य गर्न चाहन्छौँ । हो त्यस्तै अवस्था नहोस् भनेरै हामीले पार्टीमा संघर्ष गरिरहेका हौँ।’

उहाँले आफूहरु जनताको समस्याबाट टाढा नभागेको पनि दावी गर्नुभएको छ । त्यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कम्युनिष्टको घेषणापत्रलाई आत्मसात् नगर्नेले कम्युनिष्ट हुँ भनेर अर्थ नहुने बताउनुभयो । कम्युनिष्टहरुप्रति युवाहरुको वितृष्णा बढेको भन्दै उहाँले जनतासामु राम्रो काम गरे त्यो अवस्थालाई रोक्न सकिने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !