१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

निर्वाचन आयोगले दर्ता गर्न अस्वीकार गरेपछि माधव नेपालको पार्टीको नाम फेरियो



काठमाडौं । नयाँ दल दर्ताका लागि प्रस्ताव गरिएको माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम परिवर्तन गरिने भएको छ । सर्वोच्चको फैसला अनुसार कुनै पार्टी दर्ता गर्दा अर्को पार्टीको नामसँग मिल्न नहुने कानुनी व्याख्या अनुसार नाम परिवर्तन गरिने भएको हो । नेपाल नेतृत्वको प्रस्तावित पार्टीको नाममा एमाले समाजवादी थियो । जहाँ एमाले शब्द मूल पार्टीसँग मिलेपछि निर्वाचन आयोगले अर्कै नाम ल्याउन भन्दै उक्त पार्टी दर्ता गर्न अस्वीकार गरेको थियो ।

माधवकुमार नेपाल पक्षका नेताहरुका अनुसार नयाँ पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिएको छ । त्यस्तैगरी पार्टीको चिन्हसमेत परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुको भनाइ छ । सरकारले २० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याए अर्को पार्टी दर्ता गर्न सक्ने गरिको अध्यादेश ल्याएपछि नेकपा एमालेबाट नेपाल पक्ष विभाजित भएको छ । उसले बुधबार नै निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !