१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चन्द्रागिरी पुगेर केपी ओलीले लेखे यस्तो कविता



नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबाहेक आफ्नो अरु कुनै काम नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरी हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरी जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र जनताको सवाबाहेक आफ्नो अरु कुनै जागिर नभएको स्पष्ट पारे ।

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दाबस्दै कविता लेखेर बाचन गरेका थिए । शीर्षक आफै राख्नुहोस् भन्दै उनले यसरी कविता बाच्न गरे–

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आईपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर

इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुगेका थिए।।।

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले

अध्यक्ष ओलीले तीन वर्ष अघि पनि चन्द्रागिरि हिल्समा पुगेपछि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ’ भन्ने सन्देशको रचना सिर्जना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !