२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

सचिवभन्दा सहसचिव अगाडि, ५ सहसचिवको नतिजा ८० भन्दा बढी



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर्मचारीको कार्यसम्पादन रिर्पोट सार्वजनिक गरेको छ । मन्त्रालय मातहतका सचिव सहसचिव गरी १५ जनाको कार्यप्रगति रिपोर्ट सार्वजनिक भएको हो । जस्मा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनी उत्कृष्ट रहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अघिल्लो आर्थिक बर्षको कासमू सम्झौताको नतिजा सार्वजनिक गर्दा विगत आठ बर्षदेखि बालाजुस्थित नापतौल तथा गुणस्तर विभागमा अड्डा जमाएर बसेका पुडासैनीले ९२ प्राप्तांक प्राप्त गरेका छन् । कासमु रिर्पोट अनुसार उनले गत आर्थिक वर्षमा कुल १५ वटा योजनाको जिम्मा लिएकोमा ७ वटा योजना सम्पन्न गरेर कुल १०० अंकमा ९२ प्राप्ताङ्क ल्याएका छन् । यस्तै उनले जिम्मा लिएका अन्य ७ वटा योजना सम्पन्न हुने क्रममा रहेको र एउटा योजना शुरु नभएको रिर्पोटमा उल्लेख छ ।

सचिव भन्दा सहसचिव अगाडि, पाँच सहसचिवको नतिजा ८० माथि
मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार मन्त्रालय र अन्तर्गतका पाँच जना सहसचिवको नतिजा ८० प्रतिशतभन्दा माथि छ। कासमूमा सबैभन्दा बढी अंक नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्राप्त गरेका छन्। उनले १५ वटा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसमध्ये ७ वटा सम्पन्न गरे भने सात वटा सम्पन्न हुने प्रक्रियामा छन्। एउटा काम सुरु नै गरेनन् । उनले ९२ अंक प्राप्त गरेका छन्। पुडासैनीपछि उद्योग विभागका महानिर्देशक जिवलाल भूसालले ८९.६ प्रतिशत अंक प्राप्त गरेका छन्। उनले प्रतिवद्धता जनाएको २६ काममध्ये २० वटा पूरा गरे, पाँच वटा प्रक्रियामा छन् भने एउटा सुरु नै गरेनन्।

यसपछि मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख, सहसचिव प्रकाश दाहालले ८७ अंक प्राप्त गरेका छन् । उनले १८ वटा काम पूरा गर्ने प्रतिवद्धता जनाएकामा १५ वटा पूरा गरे, एउटा सम्पन्न हुने क्रममा छ भने दुई वटा सुरु नै गरेका छैनन्। दाहालपछि मन्त्रालयकै प्रशासन तथा संस्थान महाशाखा प्रमुख, सहसचिव चन्द्रकला पौडेल छिन्। उनले १७ वटा काम पूरा गर्ने प्रतिवद्धता जनाएकामा १४ पूरा गरिन्, एउटा सम्पन्न हुने क्रममा छ भने दुई वटा सुरु नै भएन। उनले उनको प्राप्तांक ८५ छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले ८३.१ अंक पाएका छन्। उनले प्रतिवद्धता जनाएको १२ मध्ये नौ वटा काम पूरा भए भने दुई वटा प्रक्रियामा र एउटा सुरु नै गरेका छैनन्। पौडेलपछि मन्त्रालयकै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख, सहसचिव प्रेमकुमार श्रेष्ठले ८२ अंक पाएका छन् । उनले १० वटा काम पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसमध्ये सात वटा पूरा गरे भने तीन वटा सुरु नै भएन।


प्रतिक्रिया दिनुहोस !