२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

एमसीसी सामान्य सहयोग मात्र हो भने संसदबाट पारित गर्न आवश्यक छैन : राधाकृष्ण मैनाली



काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता मुलुकको हितमा नरहेको बताएका छन् । नयाँ नेपाल निर्माण अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मैनालीले एमसीसी सम्झौता मुलुकको हितमा नरहेको भन्दै एमसीसी पारित भए मुलुक झन ठूलो संकटमा जाने बताएका हुन् ।

उनले एकपटक संसदबाट पारित भएपछि फर्काउन सक्ने अवस्था नरहेको भन्दै एमसीसीलाई अघि बढाउन नहुने तर्क गरे । एमसीसी सामान्य सहयोगमात्र हो भने संसदबाट पारित गर्न जरुरी नरहेको उनको भनाइ छ । मैनालीले नेताहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर नेपालमा एमसीसी लागू गराउने खेल भइरहेको आरोप लगाए । त्यस्तै उहाले अधिकांश कर्मचारीहरु राजनीतिक पार्टीमा आवद्ध रहेको भन्दै लोकतन्त्रका नाममा बिकृति पैदा भएको उल्लेख गरे । मैनालीले मुलुकलाई अहिलको अवस्थाबाट निकास दिन राजतन्त्र आवश्यक रहेको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !