२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

तालिवानको त्रास : अफगानी युवतीहरु धमाधम प्रमाणपत्र जलाउँदै, किताबहरु च्यात्दै



काठमाडौं । यो समय आफगानिस्तानको राजधानी काबुलको विश्वविद्यालयमा विद्यार्थीहरु नयाँ सत्रको लागि तयार हुने समय हो । तर जब तालिवान लडाकुहरु त्यहाँका सडकहरुमा गस्ती गरिरहेका हुन्छन् । धेरै विद्यार्थीहरु आफ्नो जीवनको प्रमाण नष्ट गर्नको लागि कोशिश गर्न थालेका छन् । त्यहाँका महिला विद्यार्थीहरु हजारा अल्पसंख्यक समुदायका सदस्य हुन जो हालैका वर्षहरुमा तालिवानहरुद्वारा अपहरण र हत्याको शिकार भएका छन् । त्यहाँका एक छात्राले आफूले बुनेको सपना डरमा परिणत भएको बीबीसीलाई बताएकी छिन्। उनीहरुको अस्तित्वको भविष्य केही दिनमा तय हुने उनले बताइन् ।

उनले भनिन्, ‘यो केही हो जुन म शब्दहरुमा वर्णन गर्न सक्दिन। ती सबै कुराका लागि मैले सपना देखेको थिए । जसका लागि मैले काम गरेकी थिए। मेरो गरिमा, मेरो गौरव, यहाँसम्म की एक केटीको रूपमा मेरो अस्तित्व, मेरो जीवन सबै खतरामा छ।’ तालिवानीहरुले घर– घर गएर केटीहरुलाई खोज्ने र लगेर उनीहरुलाई बलात्कार गर्न पनि सक्ने उनले बताएकी छिन् । ‘जब उनीहरु मेरो घरमा आउछन् तब म आफैंलाई मार्न सक्छु’ । ‘म र मेरा साथीहरुसंग यही गर्ने योजनाबारे कुरा गरिरहेका छौँ । तालिवानहरुले उठाएर लैजानु भन्दा मर्नु राम्रो छ । हामी सबै डराएका छौं, धेरै डराएका छौं।’

अब विश्वविद्यालय जान पाइदैन, प्यारा किताबहरु च्यात्नु पर्ने भयो : छात्राहरु

दुई महिना पहिले उनका ध्यान मात्र आफ्नो डिग्रीमा केन्द्रित रहेको बीबीसीलाई बताउँदै उनले अगाडि भनिन ‘आफ्नो पढाइको लागि के गर्ने, के नगर्ने, एक तालिका बनाउन, सबै कुरा ठीक गर्नको लागि कोशिश गर्दै गरेको बताइन् । जब तालिबानले देशका धेरै प्रान्तहरु कब्जा गर्दै थिए, धेरै मानिसहरु डराएका थिए तर उनीहरु काबुल कब्जा गर्न कहिल्यै सक्षम नहुने उनले सोचेकी थिइन् ।

महिलाले भनिन्, ‘मेरो जीवन सामान्य थियो जबसम्म मजार ए शरीफ, काबुलको उत्तरपश्चिममा एक ठूलो शहर र एक तालिवान विरोधी गढले नियन्त्रणमा लिनुभन्दा पहिला । र जब उनीहरुले काबुल कब्जा गरे, मलाई लाग्यो कि अब हामी समाप्त हुनेछौं। शहरमा केहि गोली हानिएको थियो र हामीले सुनेका थियौं कि उनीहरु तालिवानको हरेक सडकसम्म पुगिसके ।’

उनी अगाडि भन्छिन्, ‘मेरो पूरै परिवार घरमा बस्यो। पसलहरु बन्द थिए, मुद्रा विनिमय दरहरु छिटो परिवर्तन हुँदै थियो। मैले मेरो विश्वविद्यालयका सबै कागजात जलाएँ। सबै उपलब्धिहरु, सबै प्रमाणपत्रहरु जलाइयो। मैले यो मेरो बालकनीमा गरें। मसँग धेरै किताबहरु छन्, प्यारा किताबहरु, जुन म पढ्दै थिएँ। मैले ती सबै लुकाएँ।’

अधिकांश अफगान युवतीहरुले सामाजिक सञ्जाल निष्क्रिय पारे

उनले आफ्नो सामाजिक सञ्जाल खाता निष्क्रिय गरेकी थिइन् । सोशल मिडियामा केही पोष्ट गर्नु, त्यो प्लेटफर्म मा उपस्थित हुनु अब धेरै खतरनाक हुने उनले जानकारी पाएकी थिइन् । तालिवानले सामाजिक सञ्जाल जाँच गरेर जो कोहिले पोस्ट गरेको पनि पत्ता लगाइदिन्थ्यो । फेसबुक उनको लागि एक ठूलो समस्या भएको थियो । उनको एउटा पुरानो पोस्ट तालिवानले केहि गर्न नसक्ने थियो । जसले गर्दा तालिवानले उनलाई केही गर्ला भन्ने डर निकै बढेको बताइएको छ ।

उनको अर्का पोस्टहरु उनीहरुको बिरूद्ध खडा हुनेछु, उनीहरु मेरो अध्ययनको अधिकारलाई लिन सक्दैनन् र उनीहरुले मलाई मेरो घरमा बन्द गर्न सक्दैनन् । उनीहरुहरु आतंकवादी पनि उनले भनेकी थिइन् । त्यसैल पक्कै पनि उनीहरुको लागि ती सबै आपत्तिजनक पोस्टहरु थिए।

यसकारण उनी आफैंलाई विनाशकारी, डराएको र दुःख पाएको बताइन्। तालिवानले महिलाहरुलाई हिजाब लगाएर रूढिवादी लुगा लगाउनु पर्ने घोषणा गरेको छ। मानिसहरु डराएर बुर्का र हिजाब लगाएका छन् ।

महिलालाई अधिकार दिने तालिवानी भनाइ झुठ : छात्राहरु

तालिवानले केहि विश्वविद्यालयहरुमा, कक्षा भित्र केटा र केटीहरुबीच पर्दा लगाईएको उनले आफूले सुनेको बताएकी छन् । कतिपय परिवारले आफ्ना केटीहरुलाई बाहिर पढ्न जान नदिएको जनाइएको छ । तालिवानले आफ्नो साँचो अनुहार अझै लुकाइरहेको उनले बताएकी छन् ।
तालिवानले प्रेस सम्मेलनमा महिला अधिकारको वचन दिएका थिए । तर त्यो झुट बोलेको उनको भनाइ छ ।

अफगानिस्तानका सबै शहरहरु प्राणहिन बन्दै

उनी बुबाको साथमा मंगलबार औषधि लिन गएकी सुनाउदै आफैले पूरा हिजाब लगाउनु परेको, मानिसहरुले बुर्का लगाएको, १३, १४ बर्षका केटीहरुले लगाउनु परेको उनले बताएकी छन्। केहि पनि पहिले जस्तो नरहेको र त्यो शहरमा अब कुनै प्राण नरहेको उनको दुखेसो छ । अहिले चारैतिर तालिवान घुमिरहेका र उनीहरुले एक पूरा हिजाब लगाइरहेका छन् की छैनन् त्यसको अवलोकन गरिरहेका बताइएको छ। उनले पहिला जस्तो सामान्य व्यक्ति नभएको भन्दै तालिवानहरु मालिक र अरु जस्तै एक फोहोर जसलाई फ्याक्नुपर्ने तरिकाले हेर्नको गरेको जनाइन् ।

उनी भन्छिन्, ‘जब म पढ्दै थिएँ, मँ धेरै सपनाहरु प्रयोग गर्थें, जीवन योजनाहरु र लक्ष्यहरु बनाउन।अब, मलाई लाग्छ कि मैले देश छोड्नु पर्छ, किनकि म एक हजारा हुँ। उनीहरुले हजारा केटीहरुको विद्यालयमा आक्रमण गरे, त्यसपछि सयौं मारिए।’ उनले यो पनि भनिन्,‘ त्यसोभए उनीहरु पक्कै हामीलाई मार्नेछन्, हामीमाथि बलात्कार गर्नसक्छन, केटी हुनु र अल्पसंख्यक हुनु, मेरो देशमा मेरो लागि कुनै ठाउँ छैन।’

जबदेखि तालिवानले सत्ता हात पारेको छ उनको पूरै परिवार डराएका छन्। उनीहरु त्यहाँबाट बाहिर निस्कने कोसिस गरिरहेका उनले बताइन् । एयरपोर्ट भीडभाड रहेको र त्यहाँ खाली गर्नको लाीग कुनै खाली ठाउँ नरहेको बताइएको छ । धेरै देशहरुले उनीहरुलाई अस्वीकार गरेको भन्दैसबैजना मात्र हेरिरहेको जस्तो कि केहि भइरहेको छैन भन्ने गुनासो पोखेकी छिन् ।

तालिवानी सरकारलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायसंग अपील

उनले विदेशी सरकारहरुबाट उनीहरु तालिवानलाई अफगानिस्तानमा सरकारको रूपमा मान्यता नदिन अनुरोध गरेकी छिन् । यदि उनीहरुले गरे, उनीहरु पक्कै मर्ने उनले जनाइन् । सबैभन्दा दुःखको कुरा सारा संसार चुप रहेको उनले बताएकी छिन् । अफगानहरु मानव होइनन् जस्तो व्यवहार गरेको देखेर आफ्नो मुटु टुटेको उनको भनाइ छ । उनी भन्छिन्, ‘यो हृदय विदारक छ कि केहि दिन पहिले मात्र, जे जे मैले सपना देखेको थिएँ, सबै मैले सोचेको थिए कि, सबै कुरा समाप्त भयो।’ उनको नाम सुरक्षाको लागि नखुलाइएको जनाइएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !