२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

तीन धारमा विभाजित एमाले : हेर्नुस्, कसको संख्या कति ? केन्द्रीय सदस्यहरुको नामावलीसहित



काठमाडौं : देशकै सबभन्दा व्यवस्थित र संगठित राजनीतिक पार्टी ठानिएको नेकपा (एमाले) तीन टुक्रामा विभाजन हुने भएको छ । विभाजित नेकपा एमालेको शक्ति सन्तुलन त्रिकोणात्मक बनेको छ । केपी ओली पक्ष र माधव नेपाल पक्षका साथै भीम रावल, घनश्याम भुसालहरुको तेस्रो धारसमेत जन्मेपछि एमालेमा त्रिकोणात्मक शक्ति संघर्ष शुरु भएको हो । एमालेमा दोस्रो पुस्ताका नेताहरु भीम रावल र घनश्याम भुसाललगायतको तेस्रो धार पनि शक्तिशाली देखिएको छ । तेस्रो धारको पनि केन्द्रीय कमिटीमा २० प्रतिशत संख्या पुग्ने देखिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए नयाँ दल दर्ता गर्न सकिने अध्यादेश आएसँगै अब घनश्याम भुसालहरुको ‘तेस्रो धार’ले पनि चाहेको खण्डमा नयाँ दल दर्ता गर्न सक्ने स्थिति बनेको छ ।

निर्वाचन आयोगले मान्यता दिएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २०३ रहेको छ । यसमध्ये २० प्रतिशत (४१ जना) केन्द्रीय सदस्यको साथ पाउने समूहले नयाँ दल दर्ता गर्न अध्यादेशले बाटो खोलिदिएको छ । संघीय संसदमा एमालेका १५४ सांसद छन् । प्रतिनिधिसभाका १२१ र राष्ट्रियसभाका ३३ जोड्दा कुल संख्या १५४ पुग्छ । यसमध्ये माधव समूहले २० प्रतिशत, अर्थात ३१ सांसद जुटाएमा केन्द्रीय सदस्य संख्या २० प्रतिशत नपुगे पनि अध्यादेशअनुसार पार्टी विभाजनले वैधानिकता पाउन सक्छ ।

एमालेको नवौं महाधिवेशनले १८१ सदस्यीय सदस्य निर्वाचित गरेको थियो । जसमा पदाधिकारीसहित २६ जना स्थायी कमिटी सदस्य थिए भने ३९ जना पोलिटब्युरो सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) र ११६ जना केन्द्रीय सदस्य (२४ पूर्ण, १५ वैकल्पिक) थिए । १० प्रतिशत सदस्य मनोनित गर्न सकिने गरी विधानले २०३ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको थियो । यीमध्ये केही सदस्यको निधन भएको छ भने केही राजनीतिक नियुक्तिमा गएका छन् । तथापि निर्वाचन आयोगमा दर्ता रहेको २०३ सदस्यीय कमिटी नै एमालेको नवौं महाधिवेशनको केन्द्रीय संरचना हो ।​ एमाले तेस्रो धारका नेताहरु अनुसार केपी ओलीको पक्षमा ५० प्रतिशत भन्दा थोरै बढी केन्द्रीय सदस्यहरु रहेको बताउँछन् । नेपाल पक्षले पुग–नपुग ३० प्रतिशत र तेस्रोधारले लगभग २० प्रतिशत केन्द्रीय सदस्यहरु ‘होल्ड’ गरेको देखिन्छ । यद्यपि नेताहरुले भनेजस्तै तीनवटै समूहमा तरलता र बहाव जारी नै देखिन्छ । तीनवटै समूहले एकआपसमा तानातान गरिरहेका छन् ।

निर्वाचन आयोगमा माधव नेपाल समूहले सुरुमा पेश गरेको निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम उल्लेख थियो । तीमध्ये ५८ जना पुराना केन्द्रीय सदस्य र बाँकी पछि थप गरिएका हुन् । २०३ सदस्यमध्येबाट ४१ सदस्य हुँदा नै माधव नेपाल पक्षले दलको मान्यता पाउने अवस्थामा पुराना ५८ जना केन्द्रीय सदस्यले माधव नेपाललाई साथ दिएका छन् । यसले गर्दा नयाँ दलले मान्यता पाउनेमा कुनै समस्या नरहेको नेताहरु बताउँछन् । त्यसो त केपी शर्मा ओली पक्षले निर्वाचन आयोगमा अपडेट गराएको तथ्यांकमा केन्द्रीय कमिटीको सदस्य संख्या २६० उल्लेख छ । ओलीको यो दाबीलाई आयोगले मान्यता नदिने र २०३ सदस्यीय केन्द्रीय कमिटीबाटै सनाखत गर्ने आयोगको तयारी छ । एमालेले यसै साता आयोगका बुझाएको २६० सदस्य संख्यालाई आधार मान्ने हो भने पनि त्यसको २० प्रतिशत पुर्याउन माधव नेपाललाई ५२ जना केन्द्रीय सदस्य चाहिन्छ । त्यो अवस्थामा पनि माधव समूहमा पुराना केन्द्रीय सदस्यहरु नै ५८ जना रहेकाले २६० मै गणना गर्दा पनि नयाँ दलले वैधानिकता पाउने देखिन्छ ।

तर, अध्यादेशअनुसार केन्द्रीय समितिमा मात्र मात्रै होइन, संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पनि नयाँ दलले मान्यता पाउँछ । संघीय संसदमा प्रतिनिधिसभाका १२१ र राष्ट्रिय सभामा ३३ गरी एमालेका १५४ सांसद छन्, जसमध्ये ३१ सांसद भए पार्टी विभाजनले मान्यता पाउँछ । माधव नेपालको पक्षमा प्रतिनिधसभाका र राष्ट्रिय सभामा गरी २२ को हाराहारीमा सांसद छन् । केपी ओलीलाई विश्वासको मत दिनेबेलामा मतदान नगर्ने सांसदको संख्या २७ थियो । देउवालाई विश्वासको मत दिँदा २२ सांसदले फ्लोर क्रस गरेका थिए भने तेस्रो धारका १० सांसदले मतदान गरेका थिएनन् । उता राष्ट्रियसभामा डा बेदुराम भुसाल र स्वतन्त्रबाट चुनाव जितेका खिमलाल देवकोटासमेतलाई जोड्दा हाल नेपाल पक्षमा प्रेम आलेको टोलीसहित करिब २२ सांसद देखिन्छन् ।

माधव नेपाल समूहमा खुलेका केन्द्रीय सदस्यहरु

माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथ प्रसाद साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुबंश झा, रत्नेश्वर गोइत यादव, श्रीप्रसाद साह, रविन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी ९गरिमा० शाह, देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसाई कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधीरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुघन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चूडामणि बिक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा। देउमान सम्वाहाम्फे, भाष्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, महम्मद महफुज अन्सारी, केशवलाल श्रेष्ठ, नरेश खरेल ।

तेस्रो धार

नेकपा एमालेका दोस्रो तहका ९ जना नेताहरुले तोस्रो धार जन्माएका छन् । तेस्रो धारका ९ जना नेताहरुमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । तेस्रो धारका नेताहरुले शुक्रबार महाराजगञ्जमा आयोजना गरेको भेलामा ५७ जनाको उपस्थिति रहेको दाबी गरिए पनि केन्द्रीय सदस्य र सांसदहरुको सूची गोप्य राखिएको छ ।

एमालेको तेस्रो धारमा तीन उपाध्यक्ष, एक उपमहासचिव र तीनजना सचिवसहित स्थायी कमिटीका ९ सदस्य सहभागी छन् । उनीहरुको समूहमा सहभागी रहेका केन्द्रीय सदस्य र सांसदहरुको विवरण प्राप्त भएको छैन । तर, यसअघि माधव नेपाल समूहमा रहेका तर, अहिले पार्टी विभाजनमा सहभागी नभएका नेताहरुको सूची हेर्दा ४० जनाको हाराहारी देखिन्छ । यो संख्या भनेको कुल २०३ सदस्य संख्याको लगभग २० प्रतिशत हो ।

माधव समूहका तटस्थ बसेका केन्द्रीय सदस्यहरु

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, परशुराम मेघी गुरुङ, अरुण नेपाल, जीवन घिमिरे, टंक कार्की, ठाकुर गैरे, ममता गिरी, यज्ञराज सुनुवार, लक्ष्मण पौडेल, विजय गुरुङ, सीता गिरी ओली, सोमप्रसाद पाण्डे, श्रीप्रसाद साह, केदार न्यौपाने, हरिनारायण महतो, कमलजंग राई दनुवार, गणेश पहाडी, धर्मराज निरौला, प्रकाश शाह, माधव अर्याल, रचना खड्का, राजन राई, राजबहादुर बुढा, रामरती देवी राम, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिबहादुर राई, हंशराज शाही, खगेन्द्र चुँडाल, झपट रावल ।

एमालेका तीनवटा धारमध्ये केपी ओलीसँग ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरुको संख्या देखिन्छ ।

ओली समूहमा रहेका केन्द्रीय नेताहरु

केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, ईश्वरीप्रसाद भट्टाई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, कृष्णबहादुर राई, खिमलाल भट्टराई, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, पदमा अर्याल, पुरनसिंह दयाल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षेत्री, थममाया थापा, नजीर मियाँ, नारदमुनि राना, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भानुभक्त ढकाल, महादेव यादव, मोहमद हारुन हलुवाई, रामेश्वर राना मगर, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षेत्री, शान्ता चौधरी, बिन्दा पाण्डे, भैरबसुन्दर श्रेष्ठ, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, राधाकुमारी ज्ञवाली, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजवंशी, हिक्मतकुमार कार्की, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल र शेरबहादुर तामाङ ।

एमाले विवादमा वामदेव गौतम कतै पनि लागेका छैनन् । अध्यक्ष ओलीसँग पनि उनको राम्रो सम्बन्ध हुन सकेको छैन भने माधव नेपालले गठन गरेको एकीकृत समाजवादीमा पनि उनी खुलिसकेका छैनन् । तेस्रो धार भनेर पार्टी एकताका लागि जुटेका भीम रावल सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरुको कित्तामा पनि गौतम सहभागी छैनन् ।


प्रतिक्रिया दिनुहोस !