१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

स्वकिय सचिवकी श्रीमतीलाई आंगालो हाल्ने मन्त्रीको भिडियो सार्वजनिक



कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीमाथि वलात्कारको आरोप लागेको छ। तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दूर्ब्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनी अप्ठ्यारोमा परेका छन् ।

शाहीले ०७६ माघमा उक्त घट्ना घटाएको पीडित परिवारले जनाएका छन् । प्रदेश सांसद मात्रै रहेका शाही अहिले मन्त्री छन् । उनीमाथि ढिलो गरी वलात्कारको आरोपमा प्रहरी कार्यालयमा उजुरी गरिएको छ । घटना ढिलोगरी प्रहरीमा पुग्नुमा पीडितहरुले तत्कालीन सांसद एवम् हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको देखिएको छ।

सार्वजनिक भएको भिडियोमा पीडित महिलाको कोठाको ढोकामा आवाज सुनिन्छ। उनले ढोका खोलेपछि शाही भित्र छिर्छन र खाटमा बस्ने बित्तिकै महिलालाई अंगालो हाल्छन् । यो जानकारी पीडितका पति अमर सेजुवालले पनि थाहा पाएको जनाईएको छ ।

घट्नाले होहल्लाको अवस्था आउन लागेपछि शाहीका काकाका छोराले पीडितका पतिलाई गाडीमा हालेर छिन्चु बजार पर्याएका थिए । त्यहा होटलमा मदिरा सेवन र रकम लेनदेनको छलफल समेत भएको पाईएको छ । फर्किने समयमा विवाद भएपछि राती १२ वजे पीडितका पतिलाई कुटपिट गरिएको प्रहरीले जानकारी पाएको छ।

सेजुवाल अहिले वेपत्ता छन्। उनलाई शाहीको निर्देनमै बेपत्ता बनाएको हुन सक्ने अनुमान गरिएको छ।

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकिय राखेका अमर सेजुवालले आर्थिक हिनामिना गरेका कारण आफुले स्वकियबाट हटाएको र त्यसैको रिसमा श्रीमतीसँग कृत्रिम भिडियो बनाएर धम्की दिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !