५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

प्रहरीकै संलग्नतामा मोटरसाइकलमा लागू औषध राखेर फसाइएका पत्रकार अतिउल्लाह रिहा



रौतहट । प्रहरीकै मिलोमतोमा पक्राउ परेका पत्रकार मोहम्मद मोजिबुल्लाह र शेख गुलाब भन्ने शेख अतिउल्लाह रिहा भएका छन् । उनीहरुलाई मोटरसाइकलमा प्रहरीका घुमुवा र स्थानीय युवा मिलेर लागू औषध राखेर फसाएको सिसिटिभी फुटेज सार्वजनिक भएपछि सोमबार सरकारी वकिलको कार्यालयमार्फत् जमानी हाजीरीमा उनीहरु रिहा भएका हुन् । प्रहरीले उनीहरुलाई साउन ३२ गतेको जिल्ला सदरमुकाम गौरबाट पक्राउ गरेको थियो । प्रहरीले निर्दोष पत्रकारको मोटरसाइकलमा लागू औषध राखेर फसाउन खोज्ने दुइ जना प्रहरी भने निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार एक पत्रकार सम्मेलन गरेर सो घटनामा संलग्न देखिएका प्रहरी सहयाक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरी उनीहरुको संलग्नताबारे थप अनुसन्धान भईरहेको जानकारी दिइएको छ। उनीहरुले गैर व्यवसायीक कार्य गरेको भन्दै निलम्बन गरेर थप अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए ।

प्रहरीका अनुसार सो घटनाका मुख्य योजनकार भने संजय सहनी रहेका छन् । पत्रकारसमेत रहेका सहनीले माधवनारायण नगरपालिका वडा नम्बर १ बस्ने धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नम्बर–१ बहुअर्वाका जितेश कुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढने बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा नम्बरको मोटरसाईकलमा राख्न लगाएको प्रारम्भिक अनुसन्धान पश्चात खुलेको प्रहरी उपरिक्षक शाहले पत्रकार सम्मलेनमा बताए ।

उनका अनुसार सहनीको निर्देशनका ती दुई युवाहरुले मोजिबुल्लाहको मोटरसाइकलमा लागू औषध नाईट्राभेट ट्याबलेट १ सय ५ वटा राख्न लगाएर प्रहरी सहायक निरिक्षक यादव र प्रहरी जवान साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएका हो । पक्राउ परेका दुइजनालाई जिल्ला अदालतबाट अपराधिक षडयन्त्र र लागू औषध मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको र सहनी भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी उपरिक्षक शाहले बताए ।

घटनाक्रम
प्रहरीका अनुसार सो दिन चन्द्रनिगाहपुरबाट गौर आउने क्रममा र आईसकेपछी प्रहरी सहायक निरिक्षक। यादव र पत्रकार सहनी बीच पटक पटक फोन सम्पर्क भई गौर नगरपालिका १ ट्रान्सफर्मर चोक नजिक रहेको माँ कल्याणी वस काउन्टर सँगै जोडिएको भुजा पसलमा साँझ ६ बजेर ३८ मिनेटमा भेट भएको थियो । सहनीले यादवलाई सूचना सम्बन्धमा जानकारी गराउँदै ‘अघि गएको, धिरज मेरो केटा हो, उसले एउटा मोटरसाईकल देखाउँछ त्यसमा सामान छ, मान्छे सहित प्रकाउ गर्नु’ भनि भनेका थिए ।

सहनीले प्रहरीहरुलाई अदालत पछाडीको रोडमा गई बस्दै गर्नु भन्नेपछि र प्रहरीहरु सोझै त्यहाँबाट भनिएबमोजिम अदालत पछाडीको रोडमा आएर सशंकित मोटरसाईकल देखाईदिने व्यक्ति धिरजलाई कुरी बसेका प्रहरी उपरीक्षक शाहले पत्रकार सम्मलेनमा बताए ।

सहनीले धिरज यादवलाई गौरस्थित विपी चोकस्थित आजतक नेपाल अनलाइनको कार्यालयमा पठाएर उनका कार्यालयमा काम गर्ने जितेशलाई सुरुमा आफुले प्रयोग गर्ने टेवलको घर्रा खोली पेपरले बेरेको पोका निकालेर दिन भनेको र पछि जितेशले धिरजलाई दिदाँ अहिले तिमीनै राख पछी दिनु भनेका थिए । त्यसपछि दुबैजना उक्त पोकासहित सो कार्यालयबाट निस्केपछि सहनीले जितेशलाई फोन गरी नयाँ खुलेको ग्रिन सिग्नल होटलमा गई त्यहा पुगेर धिरजलाई मोजिबुल्लाहको मोटरसाइकल देखाई दिनु भनेका थिए ।

दुबैजनाले प्रहरीलाई भेटेपश्चात होटल अगाडि रहेको मोजिबुल्लाहको मोटरसाईकल अगाडी उनीहरु जम्मा भएपछि जितेशलेनै प्रहरीले मोटरसाइकल देखाइखिएका थिए । प्रहरीलाई जानकारी दिए पश्चात उनीहरु त्यहाँबाट नजिकै रहेको कस्टमेटिक पसलबाट एउटा प्लाष्टिक झोला लिएर उनीहरुले ल्याएको लागू औषधको पोका त्यो प्लाष्टिक झोला राखि मोजिबुलहको मोटरसाइकलमा बाँधेका थिए । प्रहरीले मोजिबुल्लाहलाई होटलबाट निस्की फर्कने क्रममा होटलबाट २५ मिटर उत्तर अदालत पछाडीको बाटोमा प्रहरीद्वारा राति करिब पौने आठबजे पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !