१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

अमेरिकी युद्धपोतहरु ताईवानमा प्रवेश गरेपछि कडा जवाफ दिने चीनको चेतावनी



काठमाडौं : दुई अमेरिकी युद्धपोतहरु ताईवान स्ट्रिटमा प्रवेश गरेपछि चिनियाँ पिपुल्स लिबरेशन आर्मी (पीएलए) अलर्ट भएर बसेको छ । पीएलएको नियन्त्रणमा रहेको क्षेत्रमा अमेरिकाले उत्तेजक सैन्य गतिविधिहरु गरेको चिनियाँ समाचार संस्थाहरुले पुष्टि गरेका छन् । पीएलए ईस्टर्न थिएटर कमाण्डले युएसएस किड निर्देशित मिसाइल विध्वंसक र युएससीजीसी मुनरो कटरको सुरक्षा, निगरानी र अनुगमन गरेको थियो ।

यो ताइवान स्ट्रेटमा अमेरिकाले युद्धपोत पठाएको आठौं पटक हो र जो बिडेनले यस वर्ष अमेरिकी राष्ट्रपति पद सम्हालेयता पहिलो पटक अमेरिकी कोस्ट गार्ड जहाजलाई ताइवान टापुमा छिरेपछि चिनियाँ जनमुक्ति सेना तयारी हालतमा रहेको ग्लोबल टाईम्सले जनाएको छ । अमेरिकाले बारम्बार यस प्रकारको उत्तेजक अभ्यासले अमेरिका शान्ति र स्थिरता को लागी सबैभन्दा ठूलो खतरा रहेको चीनले बताएको छ ।

ताइवान चीनको एक अपरिहार्य भाग हो, ताइवान प्रश्न चीनको आन्तरिक मामिला हो र कुनै विदेशी हस्तक्षेपको अनुमति छैन, चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता टान केफेईले भने । अमेरिकाले यस्ता उक्साहट बन्द गर्नु पर्छ, एक चीन सिद्धान्तको पालन गर्नु पर्छ । चीन र संयुक्त राज्य अमेरिकाको बीचको सम्बन्धहरुमा बाधाहरु पैदा गर्ने कार्य गर्न नहुने टानले भने । त्यस्तै राष्ट्रिय सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सेना सधैं उच्च सतर्कतामा रहेको टानले बताए ।


प्रतिक्रिया दिनुहोस !