१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

पार्टीभित्र एमाले प्रवृति दोह्रोरिदैन, कुनै पार्टीसँग एकता पनि हुँदैन : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र एमाले प्रवृति नदोहरिने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा कम्युनिस्ट आन्दोलन बचाउनकै लागि विद्रोह गरिएको र आफ्नो पार्टीमा अब एमाले प्रवृति नदोहरिने बताए । उनले यसअघि एमालेमा एकल हस्तक्षेप हावी भएको, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजिएको र फरक विचारलाई उपेक्षा गरिएको नेपालले बताए ।

यसअघि पनि मनमोहन अधिकारी, महोनविक्रम, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाएको र त्यसले कम्युनिस्ट आन्दोलन, राष्ट्रियता बचाएको भन्दै उनले अहिले पनि केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको जिकिर गरे । उनले पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा राखे ।

त्यस्तै उनले अहिले नै अरु कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा बलियो संगठन बनाउने बताए । केही व्यक्तिहरूले अरू दलमा विलिन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनैपनि भ्रममा नपर्न आग्रह गरे । उनले नयाँ पार्टी गठन गर्दा अनेक अवरोध सिर्जना गरिएको भन्दै सबै बाधा अवरोध हटाउन सफल भएको तर्क गरे ।

 


प्रतिक्रिया दिनुहोस !