२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सर्मनाक अमेरिकी हार, अफगानिस्तानमा हजारौंको जीवन ध्वस्त, साढे २२ खर्ब डलर स्वाहा



काठमाडौं । करिब दुई दशकको बसाईं टुग्याउँदै अमेरिका द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट स्वदेश फर्केको छ । अलकायदाले न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेपछि सन् २००१ मा ‘आतंकवादविरुद्धको युद्ध’का नाममा अफगानिस्तान छिरेको अमेरिका दुई दशकपछि घर फर्कँदै गर्दा पनि युद्ध विजेताका रुपमा फर्कन भने नसकेको विश्लेषण भइरहेको छ ।

चार चार राष्ट्रपति संलग्न भएको यस युद्धमा अमेरिकाले पाउनेभन्दा बढी गुमाएको स्वयं अमेरिकीहरु चर्चा गर्दैछन् भने अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेना जीतको उल्लासको साटो पराजीत मानसिकतामा फर्कनु परेको टिप्पणी भइरहेको छ । २० वर्षअघि तालिबानबाट खोसेको सत्ता फेरि उसलाई फिर्ता दिएर शक्ति राष्ट्रहरु फर्कनु परेकाले पनि यस्तो टिप्पणी भइरहेको हो । बीस वर्षसम्म अफगानिस्तानी सत्ता र सामरिक शक्तिमा अमेरिकाले गरेको लगानी बालुवामा पानी बनेको छ । अमेरिकाले छाड्ने भन्नेबित्तिकै भ्रष्टाचारमा डुङ्गडुङती गन्हाएको अफगानी सत्ता र सुरक्षाकर्मीले एकपछि अर्को गर्दै तालिबानी लडाकूसमक्ष आत्मसमर्पण गरे ।

अझ अफगानिस्तान छाड्ने अन्तिम अन्तिम दिनमा बहुराष्ट्रिय सेनाको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमै आईएसआई जस्तो इस्लामिक अतिवादी समूहको आक्रमणमा १३ अमेरिकीसहित दर्जनौं व्यक्ति मारिनुले पनि अमेरिकीराष्ट्रपति जो बाइडनको घरभित्रै आलोचना चुलिएको छ । सार्वजनिक सम्बोधनमै आँशु खसाल्न विवश भएका बाइडनमाथि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलगायतले निशाना नै साँधेका छन् । अगष्ट ३१ भित्र अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता ल्याउने निर्णयको प्रतिरक्षा बाइडनले दिनप्रतिदिन गरिरहनु परेको छ ।

हेरौं अफगानिस्तान युद्धमा भएको मानवीय क्षति, सम्पत्ति र धनको विनाशको तथ्य र तथ्यांकः

२००१

अमेरिकाले अफगानिस्तानमा युद्धको शुरुवात गरेको वर्ष । सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको न्यूयोर्कमा रहेको जुम्ल्याहा भवनमा विमान ठोक्काएर आक्रमण गरेपछि तात्कालीन राष्ट्रपति जर्ज बुशले अक्टोबरको ७ मा आतंकवादविरुद्धको युद्धको घोषणा गरेका थिए ।

अफगानिस्तानमा अमेरिकाः हजारौं हजारको जीवन ध्वस्त, साढे २२ खर्ब डलर स्वाहा, मुलुक तालिबानकै कब्जामा
एष्अतगचभ ाचयm धभद
२०१४

युद्ध अफिसियल्ली सकिएको वर्ष । २८ डिसेम्बरका दिन अमेरिका र नेटो सैनिकले अफगानिस्तानको राजधानी काबुलमा रहेको उनीहरुको मुख्यालयमा एक समारोह नै गरे । राष्ट्रपति बराक ओबामाले अमेरिका अब सुरक्षित रहेको र मुलुकका लागि यो महत्वपूर्ण उपलब्धि भएको भन्दै अफगानिस्तानमा रहेकासेना घटाउने घोषणा गरे ।

१९

अमेरिका सेना अफगानिस्तानमा बसेको जम्मा समय । यो विदेशी भूमिमा अमेरिकी सेनाको सबैभन्दा लामो संलग्नता हो । सन् २०१४ पछि संख्या कटौतिका साथ सुरक्षा जिम्मेवारी अफगानी सुरक्षाबललाई हस्तान्तरण गर्दै सानो आकारमा अमेरिकी र नेटो सैन्य रहिरहे । त्यसयता भने विदेशी सेना अफगानी सुरक्षाबल र संस्थालाई तालिम दिने र सहयोगी भूमिकामा सीमित रहे ।

अफगानमा संलग्न रहेका अमेरिकी राष्ट्रपतिको संख्या । जर्ज बुश, बराक ओबामा, डोनल्ड ट्रम्प र जो बाइडन ।

८,००,०००

रक्षा विभागका अनुसार सन् २००१ यता अफगानिस्तानमा सेवामा संलग्न अमेरिकन व्यक्ति ।

२,३६५

रक्षा विभागका अनुसार अफगान युद्धमा मारिने अमेरिकी सैनिकको संख्या । यद्यपि, यूएस स्पेशल इन्स्पेक्टर जेनेरल अफ अफगानिस्तान रिकन्स्ट्रक्सन ले भने यो संख्या २,४४३ रहेको जनाएको छ ।

२०,०००

अफगानिस्तान युद्धमा घाइते हुने अमेरिकी सेवाका व्यक्तिहरु । यद्यपि, सिगारले भने यो संख्या २०,६६६ रहेको जनाएको छ ।

अफगानिस्तानमा अमेरिकाः हजारौं हजारको जीवन ध्वस्त, साढे २२ खर्ब डलर स्वाहा, मुलुक तालिबानकै कब्जामा
६६,०००

ब्राउन युनिभर्सिटीका अनुसार युद्धमा मारिएका अफगानी सेना र राष्ट्रिय प्रहरीको अनुमानित संख्या । तर यसको यकिन तथ्यांक अझै उपलब्ध छैन ।

४७,२८७

ब्राउन यूनिभर्सिटीका अनुसार युद्धका क्रममा मारिएका अफगानी नागरिकको संख्या ।

५१

अफगानिस्तान युद्धमा संलग्न नेटोसहितका सहयोगि मुलुकहरु ।

१,१४४

ब्राउन यूनिभर्सिटीका अनुसार अप्रिलसम्ममा अफगानिस्तानमा मारिएका नेटो सदस्य राष्ट्रसहितका सहयोगी मुलुकका सर्भिस मेम्बरको संख्या ।

४४४

ब्राउन यूनिभर्सिटीका अनुसार अप्रिलसम्ममा युद्धमा मारिएका मानवीय सहायता कार्यकर्ताको संख्या ।

७५

युद्धमा मारिएका सञ्चारकर्मीको संख्या ।

५१,१९१

ब्राउन यूनिभर्सिटीका अनुसार युद्धमा मारिएका सरकारविरोधी लडाकूको अनुमानित संख्या । यद्यपि, यसको पनि यकिन तथ्यांक उपलब्ध छैन ।

२,९७७

११ सेप्टेम्बर स्मृति संग्रहालयका अनुसार, ९÷११ को आक्रमणमा मारिएका महिला, पुरुष र बालबालिकाको संख्या ।

२२,६१,००,००,००,०००

अफगान युद्धमा अमेरिकाले खर्च गरेको रकम । ब्राउन यूनिभर्सिटीका अनुसार, जहाँ २२ खर्ब ६१ अर्ब डलरभन्दा बढी खर्च भएको छ । यो पाकिस्तान र अफगानिस्तान दुबैतिर युद्धका क्रममा खर्चिएको रकम हो । यसमा युद्धमा घाइते भएका अमेरिकनहरुको जीवनपर्यन्त लाग्ने खर्च जोडिएको छैन । यद्यपि, सिगारले भने युद्धका नाममा मात्रै ८३ खर्ब ७० अर्बभन्दा बढी रकम खर्च भएको जनाएको छ ।

१,४५,००,००,००,०००

सिगारका अनुसार, अफगानिस्तानमा अमेरिकाले पुनर्निमाणका लागि उपलब्ध गराएको रकम । यो रकम मुख्यगरी अफगान सुरक्षा बल निर्माण, सुशासन प्रवद्र्धन र लागूपदार्थविरुद्धको अभियानमा खर्चिएको ।

३,००,०००

राष्ट्रपति बाइडनका अनुसार, अमेरिकाले प्रशिक्षित गरेको अफगानी सुरक्षा बलको संख्या ।

२५,००,०००

मुलुक छाड्ने अफगानी शरणार्थीको संख्या । विश्वमै दोस्रो ठूलो शरणार्थी संख्या अफगानीको रहेको संयुक्त राष्ट्र संघले जनाएको छ । करिब ९० प्रतिशत शरणार्थी पाकिस्तान र इरानमा रहेका छन् ।

२,७०,०००

युद्ध र असुरक्षाका कारण देशभित्रै थातथलो छाड्न विवश अफगानीको संख्या । यूएनले भने आफ्नो घरबार छाड्न बाध्य बनाइएकाहरुको संख्या ३५ लाख हुनसक्ने जनाएको छ ।

१६९

मानव विकास सूचकांकमा अफगानिस्तान । ५६ प्रतिशत जनता गरीबीमा बाँचिरहेका यहाँका नागरिकको आयु ६४ वर्ष रहेको छ ।

३७,००,०००

यूनिसेफका अनुसार, विद्यालय बाहिर रहेका बालबालिकाको संख्या । जसमा ६० प्रतिशत त बालिका छन् ।

६२

एसोसिएट प्रेसका अनुसार अफगान युद्ध कामलाग्दो नभएको बताउने अमेरिकीको प्रतिशत । जबकी युद्ध शुरु गर्दा ८८ प्रतिशत अमेरिकनले यसको समर्थन गरेका थिए ।

१०

अगष्ट ६ मा निरुन्ज राज्यको राजधानी जारान्ज कब्जामा लिएका तालिबानले दशै दिनमा १५ अगष्टमा मुलुककै राजधानी काबुल नियन्त्रणमा लिन सफल भए ।

इमेजखबरबाट ।


प्रतिक्रिया दिनुहोस !