२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

दार्चुलामा घर माथिबाट खसेको पहिरोमा परि तीन जना बेपत्ता



दार्चुला । दुहुँ गाउँपालिका–१ बास्पालीका एक दम्पती पहिरोमा परेर बेपत्ता भएका छन् । लगातार भइरहेको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) मा बस्दै आएका ६५ वर्षिय नर सिंह महर र उनकी ६० वर्षिया श्रीमती कौशिला महर र्बपत्ता भएको स्थानीय राम सिंह महरले जानकारी दिए ।

राति सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले घर सहित उनीहरुलाई पु्रेको हो । अहिले ती दम्पतीको अवस्था अज्ञात रहेको उहाले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धार गरिरहेको बताइएको छ । यसैबिच दुहुँकै वडा नम्बर ५ सुत्खोला (दुल्ला) का ५० वर्षिय मनुवा डडालको अवस्था समेत अज्ञात रहेको छ । राति घरमाथि खसेको पहिरोमा परेका डडाल बेपत्ता रहेको बुझिएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसै बीच लगातारको वर्षाले निजाङ्ग खोलामा गएराति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

खोलाले स्थानीय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई एक सुचना जारी गरी आग्रह समेत गरेको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न अहिले त्याहा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !