६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

दुई दर्जन बढी सहसचिवको सरुवाको तयारी, कर्मचारीतन्त्रलाई अस्थिर बनाउने चिन्ता



काठमाडौं । सरकारले दुई दर्जन बढी सहसचिवहरूको सरुवाको तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार दुई दर्जन बढी सहसचिवहरूको सूची तयार भएको हो । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवहरूलाई सङ्घमा आउँदै गर्दा सङ्घका सिनियर सहसचिवहरूलाई प्रदेश पठाइँदै छ ।

प्रदेश र सङ्घका सहसचिवहरू फेरबदल गर्दै गर्दा सङ्घमै पनि केही सहसचिवहरू अदलबदल हुन सक्ने स्रोतको भनाई छ ।
‘मन्त्रिमण्डल गठन भए लगत्तै केही सचिव र ठुलो सङ्ख्यामा सहसचिवहरूको सरुवा गर्ने तयारी छ’ उनले भने, ‘त्यसका लागि अहिले को कहाँ भनेर मिलाउने काम भइरहेको छ ।’

त्यसो त हरेक पटक सरकार परिवर्तनसँगै ठुलो सङ्ख्यामा कर्मचारीको सरुवा गरिँदै आएको छ । अघोषित परम्परा जस्तै बनेको सरकार परिवर्तनपिच्छेकै सरुवाले कर्मचारीतन्त्रलाई अस्थित त बनाएको छ नै, स्वयं कर्मचारीको मनोबलसमेत खस्किनुका साथै सेवा प्रवाहमासमेत असर पर्दै आएको छ ।

प्रशासनडट कमबाट ।


प्रतिक्रिया दिनुहोस !