१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, ड्राईभरको खट्टा भाँचिएको अवस्थामा उद्दार



दाङ । दाङको घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

गएराती १० बजेतिर प्रदेश ३-०१-०२४ नम्बरको कारलाई खोलाले बगाएको हो । कारमा पाँच जना सवार रहेको र चालक घोराही १५ निवासी नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको हो । मृतक चारै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !