१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

जुम्लामा एमालेका ६१ मध्ये ५८ नेता एकीकृत समाजवादीमा, ३ जनाको सनाखत हुन बाँकी



जुम्ला । जुम्लामा नेकपा एमालेका ५८ पदाधिकारीले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी ५८ नेताले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेका हुन् । प्रदेशसभा सांसद रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षले निर्वाचना आयोग पुगेर एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । जुम्लामा एमालेमा ६१ जना जिल्ला कमिटी थिए । जसमध्ये ३ जनाबाहेक सबै पदाधिकारीले एमाले परित्याग गरेका छन् । बाँकी ३ जनाको भने सनाखत हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !