१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

चीनसँग कुनै सीमा विवाद छैन, कसलाई खुशी पार्न सीमा विवाद समाधान समिति बनाईयो ? : ओली



काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र चीनको बीचमा कुनै पनि ठाउँमा सीमा विवाद नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले चीनसँग नेपालको कुनै पनि सीमा विवाद नभएको बताएका हुन् । चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्‍यो’ उनले भने । मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’ सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस !