२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

एमालेका उपाध्यक्ष गौतम एकीकृत समाजवादीको स्थायी समिति मै परेनन्



काठमाडौं । नेकपा एमाले परित्याग गरी माधवकुमार नेपालले खोलेको नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका वामदेव गौतम पार्टीको स्थायी कमिटीमा पर्न सकेनन् । एकीकृत समाजवादीले नेपाल नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा गौतमको नाम त्यसमा समेटिएको छैन ।

एकीकृत समाजवादीको स्थायी कमिटीमा अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थाछ । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन । अन्तरपार्टी निर्देशन–१ मा उल्लेख गरिए अनुसार पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति उक्त स्थायी कमिटी सदस्य रहने गरी स्थायी कमिटी गठन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !