२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

सभामुख सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन हेर्न नभ्याइने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले सर्वोच्च अदालतमा निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । आइतबार रिट निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोके पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । गत बुधबार सर्वोच्च अदालतमा एमालेले तीनै वटा मुद्धा दायर गरेको थियो । एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

पार्टीबाट कारवाही गरिएका १४ सांसदलाई आयोगले दल दर्ता गर्न मान्यता दिएको, सभामुख सापकोटाले एमाले सांसदहरुको सूचना टाँस नगरेको र लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको थियो ।यसअघि शुक्रबार उक्त मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा तोकिए पनि सुनुवाइ भने हुन सकेको थिएन । आज प्रधानन्यायाधीश आफैले उक्त मुद्दा हेर्ने भनिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको छ


प्रतिक्रिया दिनुहोस !