२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

गण्डकी प्रदेशमा नेपालको विजोग, एक जना सांसद पनि गएनन् एकीकृत समाजवादीमा



काठमाडौं । नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभाका एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भए तर गण्डकी प्रदेशसभामा भने कुनै पनि सांसदहरु एकीकृत समाजवादीमा सामेल भएका छैनन् । एमाले विभाजनपछि प्रदेश २ का १३, सुदूरपश्चिम प्रदेशका १३, बागमती प्रदेशका १३, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका १ जना एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । गण्डकी प्रदेशको प्रदेशसभामा भने एमाले विभाजनको असर देखिएको छैन ।

गण्डकी प्रदेशमा एमालेका २७ मध्ये सबै सांसद एमालेमै रहने देखिएका छन् । एमालेमा अन्तरसंघर्ष चलिरहेको बेला माधवकुमार नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटा पार्टी विभाजन भइसकेपछि एमालेमै रहे । गण्डकी प्रदेशसभामा रहेका एमालेका अन्य सांसदहरु यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । त्यसैले गण्डकी प्रदेशसभाबाट एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने सांसदको अवस्था शून्य नै रहने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय