१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पपुआ न्यू गिनीमाथि नेपालको २ विकेटको जीत



पपुआ न्यू गिनीसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले २ विकेटको जीत हात पारेको छ । पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल बाँकी छँदै ३९.३ ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३०, सोमपाल कामीले २२ र कुशल भुर्तेलले १५ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर गर्न सकेनन् । पीएनजीका लागि गौडी टोकाले ३, डेमिएन राभु र चाड सोपरले समान २–२ तथा नोसैना पोकानाले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभर खेल्दै १३४ रनमा अलआउट भएको थियो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । चार्ल्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । बिक्रम सोब र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !