१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी



काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।

सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराई बोले । उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाए । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उनले सोधे, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो

सभामुख अग्निप्रसाद सापकोटाले पनि आफूले जवाफ दिने बताए । आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको भन्दै उनले भने, ‘हाल यो विषय सम्मानित विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’

उनी बोलिसक्दा नसक्दा एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !