२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

संसदमा बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश गरिँदै



काठमाडौं । सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । बुधबार नै बजेट अध्यादेश मा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ । तर बुधबार एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ ।

 प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालू बजेटको निकासा रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले हिजो पत्राचार गर्दै अनिवार्य दायित्वबाहेकका खर्च र निकासा रोकेको हो । प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !