१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पछिल्लो २४ घण्टामा १३६८ जना कोरोनामुक्त, १२ को मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार १३७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ७७ जना र ३ हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६२ हजार ९४६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !