१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

शैल्यशिखर नगरपालिकाका ३० जना माओवादी केन्द्रमा प्रवेश



दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ३० जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कृष्ण भट्टको अध्यक्षता र मनोज सिंह धामीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीका स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

माओबादी प्रवेश गर्नेहरुमा जनक ठगुन्ना, मोहन ठगुन्ना, नाना ठगुन्ना, मनबिर ठगुन्ना, रामा धामी, जयमल धामी, शुरेश धामी, देवराम महर लगायत रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कलाकार मनोजसिंह धामीले जानकारी दिए । मनोजसिंह धामी, जयसिह ठगुन्ना र कृष्ण भट्टको समन्वयमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । पछिल्लो समय रानिशिखरमा धेरै जसो कार्यकर्ता पार्टी फेरबदल गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !