१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य भूल वैदेशिक रोजगार पत्रकार समाजको महासचिवमा चयन



काठमाडौं । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य केशव भूल वैदेशिक रोजगार पत्रकार समाजको महासचिव चयन भएका छन् । समाजको १२ औँ साधारण सभाले भूललाई महासचिव चयन गरेको हो । महासचिव चयन भएका भुल यस अघि समाजको सचिव थिए । भुल संसदीय मामिला पत्रकार समाजको केन्द्रीय सदस्य समेत रहेका छन् । उनि पछिल्लो समय चर्चामा रहेको अनलाईन मिडिया नेपाल प्रेस डटकममा बरिष्ठ सम्बाददाताको रुपमा कार्यरत छन् । त्यहाँ रहेर भुलले श्रम तथा वैदेशिक रोजगारी, कर्मचारी प्रशासन र अपराध तथा सुरक्षा विधामा कलम चलाउदैँ आएका छन् ।

भुल यस अघि देशभरका ३ सय ५० भन्दा बढी सामुदायिक रेडियोको नेटवर्क सामुदायिक सूचना नेटवर्क (सीआईएन) मा सम्बाददाता तथा कार्यक्रम उत्पादकको रुपमा कार्यरत थिए । अछाम स्थायी घर भएका भुल विगत १० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । मोफसलमा रहदाँ अछामस्थित रेडियो रामारोशन एफएमको समाचार प्रमुख र त्यसअघि अछाममै रहेको सोसाइटी एफएममा सहायक समाचार प्रमुखको रुपमा काम गरिसकेका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाले अध्यक्षमा यस अघि समाजका बरिष्ठ उपाध्यक्ष रहेका उद्धवराज भट्टराईलाई चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्विरोध चयन भएका छन् । यस्तै सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् ।

समाजको सल्लाहकारमा मदनकुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । १२ औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको स्मारिका ‘श्रम तथा आप्रवासन’समेत विमोचन गरिएको छ । बैदेशिक रोजगार पत्रकार समाज श्रम तथा वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने संचारकर्मीको साझा संस्था हो । १३ वर्षदेखि क्रियाशिल यस संस्थाले श्रम तथा सुरक्षित आप्रवाशनको क्षेत्रमा रहेका सूचना तथा जानकारी प्रकाशन तथा संप्रेशण गरिरहेको छ । यस क्षेत्रमा क्रियाशिल संचारमर्कीको क्षमता अभिबृद्धिका लागि समेत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !