१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

थप १०९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु



काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार७८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७४ हजार ६२९ पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५२ हजार १७०पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८१७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ४४ हजार ६२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !