२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

एमाले स्थायी समिति बैठकमा विवाद, तीन दस्तावेज केन्द्रीय समितिमा लैजाने निर्णय



काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकमा तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबारदेखि सुरु भइ आज सम्पन्न बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए । घनश्याम भुसालले जबजभन्दा माथी उठेर नयाँ कार्यदिशाको विकास गर्नुपर्ने माग गर्दै आएका छन् । अध्यक्ष केपी ओलीले भने जबजलाइ मार्ग निर्देशक सिद्धान्त मान्नु पर्ने बताउदै आएका छन् ।

एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईको भनाइ छ । यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने उनको भनाइ छ । स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझाव दिएको भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !