Wednesday, April 30, 2025

ट्रेन्डिङ :

ओलीको वार्ता त फगत नाटकमात्रै थियो, अल्मल्याउने र फसाउने चालमात्रै थियो : माधव नेपाल

spot_img
spot_img

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि भएको १० बुँदे सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्रमात्रै भएको बताएका छन् । मंगलबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा सहमतिका लागि भएको वार्तालाई नाटकको संज्ञा दिएका छन् ।

‘वार्ता त फगत नाटकमात्रै थियो, अल्मल्याउने र फसाउने चालमात्रै थियो’, प्रतिवेदनमा भनिएको छ, ‘ हामीले उठाएका मूलभूत विषयहरू, वैचारिक पक्ष, आलोचना र आगामी दिनमा अवलम्बन गरिने निर्णय प्रक्रिया र सङ्गठनात्मक सवालमा केपी ओली आफैंले गरेको सहमतिजस्ता विषयलाई छाडेर गरिएको कथित १० बुँदे सहमति केपी ओली पक्षको गंभीर षड्यन्त्रको परिणाम मात्र हो ।’ उनले दुई प्रमुख नेताहरुबीच सहमति गरेर मात्रै अन्तिम निष्कर्षमा पुग्ने भन्ने कुरा समेत नराखिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालले १० बुँदे सहमतिलाई कथित भन्दै सहमति गर्दाको टाइमिङ र प्रकृतिको विषयमा समेत टिप्पणी आफ्नो राजनीतिक प्रस्तावमा गरेका छन् । उक्त कथित सहमतिका १० वटै बुँदा प्राविधिक प्रकृतिका छन् । त्यसरी वैचारिक एवं राजनीतिक सवालमा प्रवेश नगरी केवल प्राविधिक बुँदामा मात्रै सहमति गरेर पार्टी एकता हुन सक्तैनथ्यो र एकता भइहाले पनि दीगो हुँदैनथ्यो’ प्रस्तावमा भनिएको छ, ‘केपी ओलीले असंवैधानिक ढंगले गरेको जननिर्वाचित प्रतिनिधिसभाको विघटन गलत थियो भन्ने महसुस गरेर आत्मालोचित हुँदै जनतासमक्ष माफी नमागेसम्म एकता गर्नु हुँदैनथ्यो।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?