२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता विरोधी : ओली



नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाएका छन् । बुधबार (आज) बाँकेको नेपालगञ्जमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले जनताको हित विपरित काम गरेको र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाएका हुन् ।

त्यस्तै उनले अदालतको परमादेशबाट बनेको सरकारले यसअघिको बिकास आयोजनालाई हटाएको बताए । विद्वान व्यक्तिहरुलाई राजदूतावासबाट फिर्ता बोलाउनु, भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु र पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याउनुले वर्तमान सरकारको नालाएकीपन छरपस्ट भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !