१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि



सरकारले नेपालीहरुको महान चाड दशैंरतिहारको लागि लामो दुरीको अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खुलाउने भएको छ ।नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागबीच भएको छलफलमा असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ निर्णय भएको हो ।

यातायात व्यवस्था विभागसँग भएको दुई चरण छलफलमा यातायात व्यवसायीले गत बर्षको जस्तै यात्रुको चाप कम हुने आंकलन गरेका छन ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले ११ गतेदेखि टिकट बुकिङ खुलाउने निर्णय भएको जानकारी दिए । गत बर्ष टिकट बुकिङ खुलाउनु मात्रै पर्यौ, यात्रुको चाप ६० प्रतिशत घट्यो यो पटक पनि त्यहि अवस्था नहोला भन्न सकिन्न’ कर्मचार्यले भने ।

यातायात व्यवस्था विभाग भने गत बर्ष दशैंका बेला नै बन्दाबन्दी रहेको तर, यो पटक कोरोना भाइरस महामारी पनि घटेको अवस्थामा यात्रुको चाँप पनि बढ्ने अनुमान छ ।

दशैंका मनाउन लागी काठमाडौं उपत्यकाबाट लामो तथा छोटो दुरीका करिब २० लाख मानिस घर फर्किने गरेका छन ।


प्रतिक्रिया दिनुहोस !