२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

आउने चुनावमा एमाले टर्च बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने नेता नेपालको दाबी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने दावी गरेका छन् । शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘एमाले पत्तासाफ हुने’ भन्दै आफ्नो पार्टी शक्तिका रुपमा उदाउने पनि दावी गरे । ‘हामी यो देशको महत्वपूर्ण शक्तिको रुपमा उदाउँदैछौं,’ नेपालले भने, ‘केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न गइरहेको छ।’

उनले अगाडि थपे, ‘दम्भको घडा फुट्नेवाला छ। केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन्। उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन्। हामी त्यस्तो गर्ने छैनौं । नेपालले पाँच दलीय गठबन्धनको संरचना बनाउने र त्यसलाई आउँदो चुनावसम्मका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस !