१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

विद्युत् प्राधिकरण इन्टरनेट सेवा प्रदायकका तार काट्न तयारी अवस्थामा, सेवा अवरुद्द भए प्राधिकरण नै जिम्मेवार- सेवा प्रदायक



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि शुक्रबार अर्थात असोज १५ गतेबाट परिमार्जित भाडा दर अनुसार सम्झौता नवीकरण र हाल सम्मको बक्यौता नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको तार काट्ने चेतावनी दिँदै आएको छ । यसैबीच इन्टरनेट र केवल व्यवसायीका विभिन्न संठगनले संयुक्त विज्ञप्ति जारी गर्दै तार काट्ने र उपकरण हटाउने काम भए त्यसको जिम्मेबारी विद्युत प्राधिकरणले लिनु पर्ने बताएका छन् ।

“आज सूचना तथा संचार प्रबिधि मन्त्रालयमा सो मन्त्रालयका सचिबको रोहबर बसेको बैठकमा नेपाल बिधुत प्राधिकरणका प्रतिनिधिले विवाद समाधान भए पनि भोलिदेखि सिम्बोलिक रुपमा भए पनि केहि स्थानहरुमा इन्टरनेट सेवा प्रदायकहरुका अप्टिकल फाइबर तारहरु काट्ने जानकारी गराएका छन् ।”

प्राधिकरणले विभिन्न मितिमा सार्वजनिक सूचना नै जारी गर्दै बढेकाे मूल्य अनुसार पोल भाडा तिर्ने र पुरानो बक्यौता तिर्न १५ गतेसम्मको अल्टिमेटम दिँदै आएको थियो । त्यसैलाई सम्बोधन गर्दै नेपाल इन्टरनेट सेवा प्रदायक संघ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ, नेपाल डिजिटल टिभी प्रदायक संघ तथा नेपाल केबल टेलिभिजन महासंघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै तार काटेर सेवा अवरुद्ध भए त्यसको जवाफदेही प्राधिकरण नै हुनुपर्ने बताएका हुन् ।

‘कुनै अध्ययन र सरोकारवालासँग छलफल नै नगरी एकतर्फी रुपमा केवल टेलिभिजन तथा इन्टरनेट सेवालाई धराशायी बनाउने नियत राखी प्राधिकरणले साविकको तुलनामा अस्वभाविक रुपमा पोल भाडा वृद्धि गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भाडादर अनुसार शुक्रबारसम्म सम्झौता गर्न र नगरेमा प्राधिकरणले विद्युतीय पोलमा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरणहरू हटाउने जनाएको छ ।’

‘यदि सूचना अनुसार प्राधिकरणले विद्युत पोलमा जडान भएका केबल तथा इन्टरनेट सेवा प्रदायकका अप्टिकल फाइबर तथा उपकरणहरू काटेमा/हटाएमा त्यसको जिम्मेबार प्राधिकरण आफै हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट केबल टेलिभिजन तथा इन्टरनेट सेवाग्राहीमा पर्ने असर तथा परिणामको जवाफदेही नेपाल विद्युत प्राधिकरण हुनेछ ।’

प्राधिकरणले तीन वर्षअघि पोल भाडा बृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीले यसको विरोध गर्दै आएका छन् । -टेकपाना


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?



चितवन, १४ मंसिर 

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए । 

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’ 

उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: