२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

नेपालका तीन प्रदेशबाट मनसुन बाहिरिँदै



यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूर पश्चिमी प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन आजदेखि बाहिरिने भएको हो ।

केही दिनमा बाँकी भूभागहरूबाट मनसुन बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालमा मौसम बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष केही पर सरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !