१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

विश्वासको मतमा मतदान नगरी बागमती प्रदेशसभा बैठक कात्तिक ४ सम्मका लागि स्थगित



हेटौडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेश गरेपनि त्यसबारे कुनै छलफल र मतदान नगरी बैठक स्थगित भएको छ । यसअघि आइतबार बोलाइएको प्रदेश सभाको नवौं महाधिवेशनमा विश्वासको मत लिने भनिएको थियो । तर, आइतबार विश्वासको मत लिन प्रस्ताव पेश गरेर प्रस्तावमामाथि कुनै छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ ।

एमाले विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्थाअनुसार दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सोहीबमोजिम शाक्यले विश्वासको मत लिन प्रस्ताव पेश गरे पनि त्यसबारे मतदान भएन । गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !