१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतको दबदबालाई तोड्दै चीन र भुटानको बीचमा एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर



काठमाडौं । चीन र भुटानले बिहीबार आयोजित भर्चुअल बैठकमा सीमा विवादलाई सामाधान गर्न तीन चरणको रोडम्यापमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । एमओयूमा भारतको कुनै पनि भूमिका नरहेको भन्दै चिनियाँ पक्ष खुसी भएको छ । चिनियाँ कम्यनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाईम्सले सो सम्झौता ऐतिहासिक महत्वको रहेको बताएको छ । वर्षौंको संयुक्त प्रयास र दुई पक्षबीचको इमान्दारिताका कारण यसले वर्तमान गतिरोध तोड्ने र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित गर्ने आधारशिला राख्ने दिशातर्फ अघि बढेको चिनियाँ पक्षले प्रतिक्रिया दिएको छ ।

सन् २०१७ मा डोकलाम गतिरोधमा भारतको जे भूमिका थियो । त्यसको विपरित चीन र भुटान बीच सीमा वार्तामा महत्वपूर्ण सुधार भएकाले अब सीमा क्षेत्रहरुमा समस्या ल्याउने सम्भावना कम रहेको चीनको भनाई छ । तर दुई देशको बीचमा भएको सम्झौताको काउन्टरमा भारतले भुटानमा नाकाबन्दी लगाउन सक्ने चीनको आशंका छ । भुटान र चीनको सीमा वार्तामा चीनका विदेश मामिला मन्त्री वू जियांगो र भुटानका विदेश मन्त्री लियोन्पो टान्डी दोर्जीले हस्ताक्षर गरेका छन् । चीन र भुटानको बीच सीमा मुद्दाहरुका विषयमा सन् १९४८ देखि वार्ता शुरु भएपनि यस भन्दा पहिले २० राउन्डको वार्ता असफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !