१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

थलारा पहिरोमा परि बेपत्ता भएका २३ जनाको यस्तो छ, नामावली



बझाङ : थलारा गाउँपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा तल्लो डिख्ला र दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने शार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने शार्की रोजगारीका लागि भारतमा छन् ।

उनका माईला छोरा काले शार्की मात्र शकुसल छन् । बेपत्ता हुनेमा गगने शार्कीको घरका हर्कु शार्की, धनगिरी शार्की, सिता शार्की, प्रवाश शार्की, भूमिका शार्की, चिरञ्जीवी शार्की, इस्सरा शार्की, संजीव शार्की, सविता शार्की, सरोज शार्की, शर्मिला शार्की, पम्मा शार्की, सुवाश शार्की, विकास शार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन शार्की९सरस्वती आवि पिपलगडाका शिक्षक कलुदेवी शार्की र एलिसा शार्की गरेर १८ जना रहेका छन् ।

यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की गरेर ५ जना रहेका छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पारा काट्नेका शिक्षक मदन बहादुर साउँदले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !