१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बागमतीमा पनि ढल्दै एमालेको सरकार, पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति जुटाएको हो । यो सहमति पछि पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निकट बानियाँको पक्षमा वातावरण बनाउन कांँग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पुगेका थिए । तर महतले गठबन्धन भित्र मुख्यमन्त्रीमा पाण्डेलाई अगाडि बढाउने सहमति जुटाएर फर्केका छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन नेकपा एससहित माओवादी केन्द्र र नेपाली कांँग्रेसले सहमतिमा हस्ताक्षर गरिसकेका छन् । पाण्डे माधव नेपालका विश्वास पात्र हुन् ।


प्रतिक्रिया दिनुहोस !