१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

ब्याजदर बढाउने १३ बैंकलाई राष्ट्र बैंकको चेतावनी, अबदेखि नियम पालना गर्नु



ब्याजदर बढाएर बजारमा आंतक सिर्जना गरेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले सचेत बनाउने हिसाबले चेतावनी दिएको छ ।

असोज महिनामा नै केही बैंकहरुले नियम विपरित ब्याज बढाएका थिए । कात्तिक १ देखि बैंकहरु निक्षेप तान्नको लागि ब्याजदर युद्धमा नै लागेका थिए ।

राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र ब्याजदर युद्ध सकिएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले निर्देशन विपरित ब्याजदर बढाएका बैंकहरुलाई सचेत बनाएको जानकारी दिए ।

‘जथाभावी ब्याजदर बढाउने १३ बैंकलाई राष्ट्र बैंकले सचेत बनाउने काम गरेको हो,’ढकालले भने ।असोज महिनादेखि नै बैंकहरुले ब्याजदर बृद्धि गर्दा राष्ट्र बैंकले निर्देशनलाई उलंघन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !