१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

डीभी भर्नेको चाप : एकै दिन पासपोर्ट बनाउन ५ हजारको आवेदन



डीभी भर्ने अवधी सकिन लाग्दा पासपोर्ट बनाउनेहरुको भिड लागेको छ। डीभी भर्न पासपाेर्ट अनिवार्य गिरएपछि इडीभी खुले लगत्तै राहदानी बनाउनेको संख्या बढेकाे राहदानी विभागले जनाएको छ। आइतबार मात्रै ५ हजारले एमआरपीको लागि आवेदन दिएका हुन्।

श्रमका लागि जाने मुलुकमा पनि माग संख्या बढेको तर आइतबारको भिड भने डीभीका लागि भएको राहदानी विभागका प्रवक्ता शरदाराज आरनले जानकारी दिए। ‘यो भिड लामो समय जादैन, डीभीको समय सकिएपछि स्वत: लाइन सकिने छ,’ प्रवक्ता आरनले भने। 

कोरोना माहामारीका कारण वैदेशिक रोजगारीमा जानेको माग केही समय अघिसम्म कम थियो। अहिले कोरोना महामारी नियन्त्रणउन्मुख भएसँगै खाडीलगायत मुलुकबाट रोजगारीको माग बढ्न थालेको छ। रोजगारीका लागि जान चाहनेदेखि अमेरिकी डीभी चिठ्ठा भर्न पासपोर्ट अनिवार्य हुँदा राहदानी विभागमा भिड बढेको प्रवक्ता आरनले बताए।  

रोजगारीको माग बढ्न थालेसँगै वैदेशिक रोजगारीमा जान चाहने युवाको संख्या ठूलो छ। यसका कारण पनि पासपोर्ट बनाउनका लागि सयौँ युवा राहदानी बनाउन विभागमा लाइनमा छन्। आइतबार बिहानैदेखि केशरमहलमा पासपोर्ट बनाउन आवेदन दिनेको भीड व्यवस्थापन कठिन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !