१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

२६ लघुवित्तको लाभांश घोषणा, सबैभन्दा बढी महिला लघुवित्तको



माइक्रोफाइनान्सहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

अहिलेसम्म झन्डै आधा माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् ।

नेप्सेमा सूचीकृत भएका ५६ वटा कम्पनीमध्ये चालु आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २६ वटा कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

२६ वटामध्ये सबैभन्दा बढी महिला लघुवित्तले ५० प्रतिशत र सबैभन्दा कम एनआईसी एसिया लघुवित्तले ५.४१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।

महिलाले ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सबैभन्दा कम लाभांश घोषणा गरेको एनआईसीले ५.४१ प्रतिशत नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ ।

महिलापछि बढी लाभांश दिनेमा गर्ने कम्पनीमा स्वाभिमान लघुवित्त रहेको छ । उसले ३४ प्रतिशत लाभांश घोषणा गरेकोमा ३२.३ प्रतिशत बोनस र १.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा सबैभन्दा बढी बोनस महिलाको ४७.५ प्रतिशत, स्वाभिमानको ३२.३, उन्नती सहकार्यले ३२ प्रतिशत, सबैको लघुवित्तले ३१.०५ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा ५ वटाले २० प्रतिशतभन्दा कम लाभांस दिने घोषणा गरेका छन् । जसमा एनआईसी एसिया ५.४१ प्रतिशत, मनकामना लघुवित्तले १७ प्रतिशत, फस्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत, गुराँस लघुवित्तले १७.८ प्रतिशत, आरएसडिसी लघुवित्तले १०.५३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । केही कम्पनीले नगद लाभांश नदिइ बोनसमात्रै दिने प्रस्ताव गरेका छन् ।

नगद लाभांश नदिने कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, मनकामना स्मार्ट लघुवित्त, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले बोनसलाई मात्रै प्राथमिकता दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !