१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

आईपीएल अप्रिलबाट, १० टोली सहभागी हुने



काठमाडौं, ८ मंसिर 

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ । 

विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेलतालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलबाट चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको  छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको  टी-२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

कोभिड-१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


भारतले अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गर्‍यो, नेपालसँगको व्यावसायिक उडान पनि प्रभावित



एजेन्सी । भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ ।उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस !

अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार



एजेन्सी । अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको एउटा प्रतिवेदनमा जनाइएको छ । संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै यौन दुर्व्यवहार भएको गुनासो सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएको हो । उनको भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने यौन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए । दुर्व्यवहारबाट अधिकांश महिला पीडित भएको यौन विभेदसम्बन्धी अ‍ायुक्त केट जेनकिन्सले बताएकी छन् ।

प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहार सामना गरेको उल्लेख छ । ुउनीहरुको यौन दुर्व्यवहारको अनुभवले संसदको गरिमामाथि नै प्रश्न खडा भएको छु,जेनकिन्सले भनिन् । प्रतिवेदनलाई प्रधानमन्त्री स्कट मोरिसनले डरलाग्दो बताएकी छन् । संसदमा महिलामाथि हुने दुर्व्यवहारबारे एक कानले सुनेर अर्को कानले उडाइ दिएको प्रधानमन्त्री मोरिसनमाथि आरोप लाग्दै आएको थियो ।

अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ोटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएको थियो । प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले यौन दुर्व्यवहार सामना गरेका छन् । यो संख्या दुर्व्यवहारमा परेका कर्मचारीकोभन्दा धेरै हो ।

प्रतिक्रिया दिनुहोस !

तालिवानले १०० पूर्वसुरक्षाकर्मीको हत्या गरेको ह्युमन राइट वाचको दाबी



एजेन्सी । तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीको हत्या गरेको मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएको छ । तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो ।

वाचले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएको हालै तालिवान प्रवक्ताले जनाएका थिए । तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो । तालिवानको पुन उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो ।

पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन् । तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो । सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलो नरसंहार मच्चाएको थियो । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो ।

वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर विरोधीलाई निशाना बनाएको उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीको हत्या गरेको छ । तालिवानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकोले उनीहरुको पनि हत्या भएको हुनसक्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: