१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

सभापति देउवा र पौडेलको बराबर शक्ति, ५२ मध्ये कुन जिल्लामा कुन पक्षका सभापति ?



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको बीचमा कडा टक्कर हुने देखिएको छ । कांग्रेसले मंसिर १० भित्र सबै जिल्लाको अधिवेशन सक्ने भने पनि विविध कारणले केही जिल्लाका अधिवेशन हुन सकेको थिएन । अझै पनि तराईका ८ जिल्लासहित २५ जिल्लामा अधिवेशनको हुन सकेको छैन ।

हालसम्म ७७ मध्ये ५२ जिल्लाको परिणाम आएको छ । जसमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका छैनन् । झापाका सभापति देउमान थेवे र जाजरकोटका सभापति बेदराज सिंह कतै खुलेका छैनन् ।

कुन जिल्लामा कुन पक्षले जिते

सभापति देउवा पक्षले जितेका जिल्ला सभापतिहरु
मुगु – ऐनबहादुर शाही
पाँचथर – रूपनारायण जवेगु
मनाङ – शंकर गुरूङ देउवा
हुम्ला – मोहनविक्रम सिंह
बझाङ –सभापति खड्क बोहरा
लमजुङ – टकराज गुरूङ
सल्यान – केशवबहादुर विष्ट
डोल्पा– दीपेन्द्रबहादुर शाही
डडेल्धुरा– भीमबहादुर साउद
म्याग्दी – खमबहादुर गर्बुजा
ताप्लेजुङ –गजेन्द्रप्रसाद तुम्याहाङ
रामेछाप – पूर्णबहादुर ९कान्छाराम० तामाङ
जुम्ला – कर्णबहादुर शाही
रूकुम पश्चिम– प्रेमप्रकाश वली
ओखलढुंगा– तेजेन्द्र खनाल
पर्वत – युवराज जोशी
ललितपुर– जितेन्द्रकुमार श्रेष्ठ
कञ्चनपुर– पदम बोगटी
डोटी– नरेन्द्रबहादुर सिंह
इलाम –डम्बरबहादुर खड्का
सुर्खेत – खड्ग पोखरेल
रूपन्देही – रामकृष्ण खाँण
कास्की – किशोरदत्त बराल
काभ्रे–तीर्थ लामा
तनहुँ, – जितप्रकाश आले

वरिष्ठ नेता पौडेल पक्षले जितेका जिल्ला र सभापतिहरु
दोलखा – बर्मा लामा
गोरखा – नन्दप्रसाद न्यौपान
रोल्पा – किशोर आचार्य
बैतडी – चतुरबहादुर चन्द
प्युठान – विष्णुकुमार गिरी
अर्घाखाँची – केशव श्रेष्ठ
कालिकोट – अम्बबहादुर शाही
संखुवासभा – दीपक खड्का
रूकुमपूर्व – केशरमान रोका
मुस्ताङ –रोमीगौचन थकाली
भोजपुर – विनोद वान्तवा
बाजुरा – रामसिंह रावल
तेह्रथुम– अर्जुन तुम्बाहाम्फे
नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल
पाल्पा – हिमालदत्त श्रेष्ठ
धादिङ – रामनाथ अधिकारी
सुनसरी – केदार भण्डारी
स्याङ्जा – राजु थापा
खोटाङ – विष्णुकुमार राई
दार्चुला – ललितसिंह बोहरा
नुवाकोट – रमेश महत
काठमाडौं – कृष्णसबुज बानियाँ
दाङ – शंकरप्रसाद डाँगी
दैलेख – मणिराम रेग्मी
गुल्मी – खिलध्वज पन्थी

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !