१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

२५५ मा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु



देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४६९ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ३६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४९८ पुगेको छ । पछिल्लो समय थप २५६ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ९०९ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ११ हजार ५५३ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ९३१ रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ५८९, संस्थागत आइसोलेशनमा ३४२, सघन उपचार कक्षमा ११६ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !


भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा छाडिदैन : श्रममन्त्री श्रेष्ठ



काठमाडौं । श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुवई पु¥याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । विहीबार मन्त्रालयमा भिजिट भिसामा दुवई पुगेर दुःख पाएका युवाहरुसँगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् ।

उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गरे । भिजिट भिसामा दुवई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस !

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण



काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन् ।  उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस !

मोरङको उखुबारीमा बिहीबार अर्को शव पनि भेटियो



काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो । खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा रहेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको डिएसपी श्रेष्ठले बताए । बुधवार फेला परेको शव पनि पुरुष व्यक्तिको हो । मृतक राजेन्द्रकुमारका आफन्तले उनी भक्तपुरको लोकन्थली बस्ने गरेको प्रहरीलाई जानकारी दिएका छन् । उनी जग्गाको काम गर्थे । भक्तपुरबाट बोलाएर उनलाई हत्या गरेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवैजनाको शव सडेको अवस्थामा भेटिएको छ । ‘पोष्टमार्टमछि मृत्युको कारण खुल्छ, त्यसपछि थप अनुसन्धान अघि बढाउँछौं’ डिएसपी श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: