८ जेष्ठ २०८१, मंगलवार
 |   Tue May 21 2024
Logo

कांग्रेस बन्दसत्रमा १७४३ प्रतिनिधि सहभागी



काठमाडौं, २४ मंसिर

ने‍पाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।

शुक्रबार भृकुटीमण्डमा उद्घाटन सत्र सकिएसँगै सुरु भएको बन्दसत्रमा १७ सय ४३ प्रतिनिधि सहभागी भएका छन् । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो ।

कांग्रेसको भोली बिहान १० देखि ५ बजे मनोनयन दर्ताको समय तोकिएको छ । कांग्रेसे २९ वटा ठाउँमा मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

यस्तै २० वटा टेबुलको व्यवस्था गरिएको छ । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार बैंक दस्तुर बुझाएर भौचर बुझाएपछि मनोनयन दर्ता गर्न सकिने छ ।

आतइतबार १२ बजेपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । मंगरबार बिहान ८ बजेदेखि तीन ठाउँबाट मतदान गर्न सकिने कांग्रेसले जनाएको छ ।

भृकुटीमण्डपस्थित बन्दसत्र स्थल, उदघाटन सत्र स्थल र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।


प्रतिक्रिया दिनुहोस !