७ जेष्ठ २०८१, सोमबार
 |   Mon May 20 2024
Logo

सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएँ, पौडेललाई साझा उम्मेदवार बनाउनुपर्छ : शशांक



काठमाडौं, २४ मंसिर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएसँगै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेका संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए ।
आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए ।

‘म प्रतिस्पर्धाबाट बाहिरिसकेको छु’ कोइरालाले भने ‘तीनजना बीचमा सहमति हुन सकेको छैन।’

कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउनु पर्ने बताए।

‘शेखर र प्रकाशमान बाहिरिएर रामचन्द्र पौडेललाई नै साझा उम्मेदवार बनाउनुपर्छ’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय