१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

मतदान सकिँनै लाग्दा बाहिरिए देउवा



काठमाडौं, २८ मंसिर

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको दोस्रो चरणको मतदानको समय सकिँनै लाग्दा प्रधानमन्त्री एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान स्थलबाट बाहिरिएका छन् ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि आज दिउँसो साढे तीनबजे बाट मतदान भइरहेको छ ।

मतदान सुरु भएसँगै देउवा मतदान स्थलमा नै थिए ।

मतदान सकिने केही मिनेट मात्र बाँकी रहँदा उनी बाहिरिएका हुन् । ९ बजे मतदानको समय सकिने निर्वाचन समितिले जनाएको छ ।
दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !