१८ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 30 2024
Logo

देउवा सरकारमा नभएको भए शेखरको सजिलै जित हुन्थ्यो : चन्द्र भण्डारी



नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट उपसभापति पदमा उम्मेद्वारी दिएका डा. चन्द्र भण्डारीले सभापतिमा जित्दै गर्दा प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ताको चरम दुरुपयोग गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि देउवा प्रधानमन्त्रीको रुपमा सरकार र सत्तामा नभएको भए डा. कोइराला सभापतिमा सजिलै जित्ने अवस्थारहेको बताए ।

सत्ताको दुरुपयोग गरी, पद र पैसाको सौदाबाजी गरेर देउवाले चुनाव जितेको भन्दै उनले अब देउवाले सबैलाई मिलाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

पूरानो फोनबाट गुणस्तरीय तस्वीर खिच्न नसकिने बरु मोबाइल नै नयाँ ल्याउनुपर्ने अवस्था रहेको भन्दै आफूहरुले पटकपटक भनेपनि महाधिवेशन प्रतिनिधिहरु पूरानै मोबाइलतिर गएको बताए ।

पार्टीमा बोली नबुझाउनेहरुलाई नै कांग्रेस कार्यताहरुले रोजेको बताउँदै भण्डारीले भने, कांग्रेसकासाथीहरु बोली नबुझे पनि उतैतिर लाग्छन्, मैले के गरुँ ?

त्यस्तै शेखर प्यानलबाट महामन्त्री उठेका डा. मिनेन्द्र रिजालले शेखर कोइराला समूहले अब कांग्रेसभित्र संख्यामा भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताए ।

कोइरालाको काँधमा कांग्रेस पुनर्जागरण र परिवर्तनको जिम्मेवारी आएको भन्दै रिजालले भने, हामी संख्यामा भाग खोज्दैनौं,तर हाम्रो विचारको प्रतिनिधित्व हुनुपर्छ । अहिले हाम्रो विजय भएको छ,त्यो पनि सन्देशसहितको बिजय भएको छ । महाधिवेशनले कांग्रेस पुनर्जागरणको जिम्मेवारी शेखर कोइरालालाई परिवर्तनको जिम्मा दिएको छ ।


प्रतिक्रिया दिनुहोस !