२० बैशाख २०८१, बिहीबार
 |   Thu May 2 2024
Logo

माओवादीले छाड्यो प्रज्ञा भवन, पदाधिकारीको टुंगो पर्सिसम्म लाग्ने सम्भावना



काठमाडौं, १८ पुस

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रभावित हुने देखिएको छ । जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार भोलिसम्म पदाधिकारीको टुंगो लाग्ने बताएका थिए । त्यसका लागि भोलि विहान केन्द्रीय समितिको बैठक बस्ने उनले बताएका थिए । तर सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको उम्मेदवारबारे टुंगो लगाउनेबारे भोलि विहान छलफलको तयारी भएसँगै केन्द्रीय सदस्यको बैठक प्रभावित हुने देखिएको हो ।

जारी महाधिवेशनमा प्रचण्डले २६५ जना केन्द्रीय सदस्यको घोषणा गरेसँगै माओवादी केन्द्रले प्रज्ञा प्रतिस्ठानसमेत छाडेको छ । अब भोलिदेखि माओवादीको बैठकहरु खुमलटार र पेरिसडाँडामा हुने जनाइएको छ । पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको चयन पर्सीसम्म सकिने माओवादी केन्द्रको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !